प्रमुख समाचार

एमाले महाधिवेशनमा कमल थापाले भने : धर्म परिवर्तनले नेपाली पहिचानलाई समाप्त गर्दैछ

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १३:५६ बजे

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्क्ष कमल थापाले देशी विदेशी शक्तिहरुको षडयन्त्र गरेर नेपालीको धार्मिक र सांस्कृति पहिचान मेटाउन खोजेको टिप्पणी गरेका छन् । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै थापाले एमालेसँग देशले धेरै आशा गरेको बताएका हुन् ।  
‘देश भूमरीमा परेको छ । लोकतन्त्रको आवरणमा देश सर्वसत्तातर्फ उन्मुख भएको छ । धर्म परिवर्तनले हामी नेपालीहरुले सनातन धार्मिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ । सर्वाधिक भ्रष्टाचार व्याप्त छ,’ उनले भने, ‘४० लाखभन्दा धेरै नेपाली युवा विदेशी भूमिका रगत पसिना बगाउन बाध्य छन् । नेपालमा बाह्य शक्तिको प्रभाव तीव्र रुपमा बढेको छ । देशले तपाईंहरुबाट शाहसिक निर्णयको अपेक्षा गर्दछ । राष्ट्रवादी सोँच भएको व्यक्तिले नेतृत्व गरेको पार्टीले देशको लागि ऐतिहासिक काम गर्न सक्दछ ।’ 

उनले नेपाली कम्युनिष्ट पार्टीको महाकुम्भमा सहभागी हुन पाउँदा हर्षित भएको पनि बताए । 
उनले एमालेको महाधिवेशनलाई देशी विदेशी शक्तिले उत्सुकताका साथ हेरेको पनि बताए । ‘नेकपा एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति हो, अहिले देशको सबैभन्दा ठूलो दल हो । तपाईँहरुको महाधिवेशनलाई देश विदेशका शत्तिहरुले उत्सुकका साथ हेरिरहेका छन् । यो महाधिदेशले के सन्देश दिन्छ भनेर प्रतिक्षा गरेका छन्,’ उनले भने, ‘म पनि शुभकामनाका साथसाथै केही अपेक्षा बोकेर आएको छु । २०६३ सालको राजनीतिक परिवर्तन पछि दिगो शान्त्ति, स्थायीत्व र समृद्धि बोकेर अघि बढ्यौँ । आज हामी कहाँ जान भनेर हिडेको कहाँ आइपुग्यौँ । यो महाधिवेशनमा यसबारे गम्भीर समिक्षा गर्नुहुनेछ भन्ेन आशा छ ।’  



 


Author

थप समाचार
x