संसद्

सांसदहरू भन्छन् : राष्ट्रिय मर्यादासम्बन्धी अन्योलता विधेयकले अन्त्य गर्नेछ

इकागज |
कात्तिक १४, २०८० मंगलबार २०:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभा सदस्यहरूले राष्ट्रिय मर्यादासम्बन्धी अन्योल रहेका कुरालाई 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९' ले अन्त्य गर्ने बताएका छन् ।

मंगलबार 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' माथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' ले विगतका अन्योलताहरूलाई चिर्ने प्रयास गरेको बताए । उनले २०७९ साल चैत्र ५ गते दर्ता भएको यो विधेयक आज विधेयकको रूपमा समितिको प्रतिवेदनसहित छलफलमा आउनु सकारात्मक भएको बताए ।


उनले भने, 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' ले विगतका अन्योलताहरूलाई चिर्ने प्रयास गरेको छ । हामीले यी अघि भनेका विषयहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अब स्पष्ट हुनेछ । सधैं अब अन्योलतामा रहने छैनौँ । २०७९ साल चैत्र ५ गते दर्ता भएको यो विधेयक आज विधेयकको रूपमा समितिको प्रतिवेदनसहित छलफलमा उपस्थित भएका छौँ । नेकपा एमालेको तर्फबाट पनि यो विधेयकप्रति पूर्ण समर्थन छ ।’

राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्कीले राष्ट्रिय सभामा उत्पन्न भएका राष्ट्रिय महत्वका सबै क्षेत्र र राष्ट्रिय झण्डा र राष्ट्रिय गानसमेत सबैलाई व्यवस्थित गर्नको निम्ति बनाइएको बताए ।

उनले भने, ‘राष्ट्रिय सभामा उत्पन्न भएको यो विधेयक राष्ट्रिय महत्वका सबै क्षेत्र र राष्ट्रिय झण्डा र राष्ट्रिय गानसमेत सबैलाई व्यवस्थित गर्नको निम्ति बनाइएको र भइसकेपछि अब नेपाल सरकारलाई पनि सहज हुने विश्वास छ ।’

छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ ले राष्ट्रिय सभाको पनि गरिमा बोकेको बताइन् । उनले तहगत संरचनामा कतिपय स्थानमा देखिएका अन्योलतालाई यसले समाधान गर्ने बताइन् ।

सदस्य गैरेले बाँकी रहेका समस्यालाई पुनः परिमार्जन गर्न सकिने बताइन् ।


Author

थप समाचार
x