संसद्

अध्यक्ष यादवले भने- सत्तारूढ दलहरूले संघीयता खारेज गरिदिन्छन् कि जस्तो देखियो

इकागज |
कात्तिक १६, २०८० बिहीबार १६:१३ बजे

​​काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ दलहरूले नै संघीयता खारेज गर्छन् कि भन्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारूढ दलहरूले नै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको बताएका हुन् । उनले प्रदेशलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भनेर प्रश्न समेत गरे ।


अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर प्रश्न रहेको बताए । चुरे क्षेत्रमा उत्खनन कार्यलाई प्रतिबन्ध लगाउनुपर्ने पनि उनले भनाइ राखे ।

उनले आगामी दिनमा लामो समयसम्म संसद् अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि उल्लेख गरे ।

 


Author

थप समाचार
x