संसद्

राष्ट्रिय सभामा वर्षे अधिवेशन अन्त्य भएको जानकारी

इकागज |
कात्तिक १६, २०८० बिहीबार १७:१३ बजे

काठमाडौँ- राष्ट्रिय सभा बैठकमा चालु अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ ।​ बिहीबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणशप्रसाद तिमिल्सिनाले चालु अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।

उनले राष्ट्रिय सभाको चालु चौधौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने घोषणा गरे ।


नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८० कार्तिक १६ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको सदनलाई जानकारी गराए ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो ।  


Author

थप समाचार
x