संसद्

प्रतिनिधिसभा बैठक पुन: सुरू

इकागज |
फागुन १४, २०८० सोमबार १२:४२ बजे

काठमाडौं - सभामुुख देवराज घिमिरेले संसद्‌मा उठाइएको बालकुमारी घटनालगायत प्रश्नको जवाफ आउँदो बैठकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । योसँगै सोमबार यसअघि १५ मिनेट स्थगन गरिएको प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ ।

विभिन्न माग गर्दै यसअघि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)सहित अरू विपक्षी दलले विरोध गरेका थिए । उनीहरूले सरकारको जवाफ र विवादित मन्त्रीको राजीनामा माग गरेका थिए । उनीहरूले विरोध गरेपछि बैठक १५ मिनेटका निम्ति स्थगन गरिएको थियो ।



Author

थप समाचार
x