संसद्

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुँदै

इकागज |
फागुन २९, २०८० मंगलबार ६:२५ बजे

फाइल फोटो

काठमाडौं - राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुँदैछ ।

संसद सचिवालयले हिजो सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मा बीचमा प्रतिस्पर्धा हुँदैछ ।


बिहान ११:०० बजे निर्वाचन पक्रिया सुरू हुनेछ । सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षबाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्षबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माको प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना, समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्। 


Author

थप समाचार
x