संसद्

राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता, आजै नामावली प्रकाशन हुने

इकागज |
फागुन २८, २०८० सोमबार ८:५३ बजे

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ ।

आज मनोनयम दर्ता गरेर आजै उम्मेदवारको नामावली प्रकाशन हुने संसद्‌ सचिवालयले जनाएको छ ।


राष्ट्रियसभाको अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)ले नारायण दाहाल र नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


Author

थप समाचार
x