दल

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

इकागज |
असार १६, २०७९ बिहीबार १८:१६ बजे

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते बस्‍ने गरी बैठक बोलाइएको बताए । 

उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्‍ने बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ । 


मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल बताएका छन् ।


Author

थप समाचार
x