दल

प्रधानमन्त्रीलाई शेखरको प्रश्न - अर्बौ चलखेल गर्ने अर्थमन्त्रीलाई किन कारबाही नगरेको

इकागज |
असार १६, २०७९ बिहीबार २०:५४ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्बौको चलखेल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई किन कारबाही नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

अर्थमन्त्रालयमा भएको अर्बौको चलखेल र लेनदेनबाट मन्त्री आरोपित हुँदापनि अर्थमन्त्रीलाई कारबाही किन नगरेको भन्दै प्रश्न गरेका हुन् । 


आज शेखर समूहको बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले अर्थमन्त्रीलाई कारबाही गर्न नसक्नु प्रधानमन्त्रीको कुनै स्वार्थ त छैन भन्दै आशंका व्यक्त गरेका छन् ।

उनले भने, `अर्थमन्त्रालयमा भएको अरबौको चलखेल र लेनदेनबाट मन्त्री आरोपित छन । प्रधानमन्त्रीले किन कार्बाही नगरेको ? के स्वार्थ छ ? राष्ट्रहित र आम नागरिकको हित भन्दा कांग्रेस पार्टी र सभापति देउवाको किमार्थ अरु कुनै हित हुनु हुदैन तर चुनाव अगाडि भएका यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद मात्र गर्दैन ब्यवस्था नै नागरिकको कठघरामा उभिन्छ ।`


Author

थप समाचार
x