दल

एमालेको बटमलाईन: अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने

इकागज |
असार २२, २०७९ बुधबार १४:३१ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाईन भएको बताएका छन् । 

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए । 


उनले सरकारी डकुमेन्ट गायव बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे । उक्त घटनाका बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने आफूहरुको अर्को माग गरेको उनको भनाई छ । उनले छानविन समिति गठन भएपनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे।  

त्यस्तै उनले सिसिटिभी फुटेजलाई मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए  । 


Author

थप समाचार
x