दल

संघीय निर्वाचन

दर्ताका लागि दलहरूले दिएको निवेदन आजबाट आयोगले जाँचबुझ गर्ने

इकागज |
भदौ १, २०७९ बुधबार ६:४३ बजे

काठमाडौँ- निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आज (बुधबार) बाट जाँच सुरु गर्ने भएको छ । आगामी संघीय निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आजदेखि जाँच सुरु गर्ने प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको आजबाट जाँचपरक गर्ने, हेर्ने, कानुनबमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्‍ने कुराको परीक्षण सुरु हुने छ ।


सबै कुराको परीक्षण गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुने उनले जानकारी दिए । पौडेलले आयोगले निर्णय गरेपछि, कानुनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरू दर्ता हुने बताए ।

आयोगले तोकेको अवधिमा आयोगमा दल दर्ताका लागि ८४ दलले निवेदन दिएका छन् । 

प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ । 


Author

थप समाचार
x