दल

राप्रपामा मिश्रको इन्ट्रीपछि राणा र लोहनीको स्थान कहाँ ?

इकागज |
भदौ ३१, २०७९ १४:१ बजे

काठमाडौँ- विवेकशील साझा पार्टीको अध्यक्ष छाडेर बसेका रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने हल्लाले सो पार्टीमा तरंग सिर्जना भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी मिश्रलाई दोस्रो वरीयता दिएर पार्टी प्रवेश गराउन चाहन्छन् । उनको यो तयारीपछि बुद्धिमान तामाङसहितका प्रभावशाली नेताहरू सन्तुष्ट भएको बुझिएको छ ।

स्रोतका अनुसार मिश्रलाई दोस्रो वरीयता दिँदा पार्टीका संस्थापक नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीको व्यवस्थापन गर्न लिङ्देनलाई निकै सकस छ । मिश्रले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार मनोनयनअघि नै राप्रपा प्रवेश गर्ने चाहना राखेका छन् । त्यसका लागि उनले पटकपटक राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरूसँग छलफल गरिसकेका छन् ।


स्रोतका अनुसार मिश्रले विवेकशील साझा पार्टीका सातमध्ये ६ प्रदेश अध्यक्षसहित राप्रपा प्रवेश गराउने प्रतिबद्धता जनाएका छन् । विवेकशील साझाका निवर्तमान अध्यक्षसमेत भएकाले लिङ्देन मिश्रलाई दोस्रो वरीयता दिन तयार देखिएका छन् । राप्रपामा अहिले लिङ्देन अध्यक्ष छन् भने राणा र लोहनी वरिष्ठ नेता छन् । अब मिश्र आउँदा राणा र लोहनी पछि पर्नेछन् । सोही कारण तामाङसहितका नेताहरूले असन्तुष्टि जनाएको एक नेताले जानकारी दिए ।

मिश्रको एक मात्र चाहना काठमाडौ १ मा राप्रपाबाट चुनाव लड्ने र कांग्रेसका प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्ने छ । उनी अघिल्लो हारको बदला लिन चाहन्छन् । सोही कारण एक साताभित्रै मिश्र राप्रपा प्रवेश गर्ने कि नगर्ने भन्ने विषय टुंगो लाग्ने नेताहरू बताउँछन् ।


Author

थप समाचार
ad
x