दल

सिके राउतले भने - म सांसदको लागि पनि त्यति योग्य मान्छे हैन, मन्त्री त परको कुरा

इकागज |
पुस ११, २०७९ सोमबार १५:४९ बजे

फाइल फोटो

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू सरकारमा नजाने बताएका छन् । गठबन्धनको बैठकपछि  सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले आफू सांसदको लागि समेत योग्य नभएका बताएका हुन् । 

उनले भनेका छन्, 'म सांसदको लागि पनि त्यति योग्य मान्छे हैन, मन्त्री त परको कुरा ।' उनले उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा सरकारमा पार्टी जाने बताए । 



Author

थप समाचार
x