दल

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीसँग आग्रह गर्ने

इकागज |
पुस २४, २०७९ आइतबार १७:५४ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरूसँग आग्रह गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरूसँग आग्रह गर्ने निर्णय गरिएको सांसद सन्तोष परियारले जानकारी दिए ।


बैठकमा महामन्त्री मुलुक ढकालले सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने साझा कार्यक्रममा समावेश रास्वपाका मुद्दाहरूलाई कसरी कार्यान्वयन गराउने भन्नेबारेमा पनि छलफल भएको परियारले जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले अन्य दलहरूसँग भएका छलफलका बारेमा पनि जानकारी गराएको परियारले बताए ।

उनले सोमबार पुनः पार्टीको संसदीय दलको बैठक बस्ने र विभिन्न विषयमा थप छलफल हुने जानकारी दिए ।


Author

थप समाचार
x