दल

भीम रावल भन्छन् - इमान्दार राजनीतिकर्मी गालीगलौजमा उत्रिन्‍न, रविको जाँच गरौं

इकागज |
माघ २३, २०७९ सोमबार १०:३८ बजे

काठमाडौँ - नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन् । सोमबार बिहानै सामाजिक सन्जालमार्फत् नेता रावलले लामिछाने गाली गलौजमा उत्रिएको भन्दै तथ्य जाँच गर्नुपर्ने बताएका हुन् । 'राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश-जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ,' उनले लेखेका छन्, 'आलोचना सुन्छ। सत्य तथ्य -औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं।'

लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए । सरकारबाट बाहिरने निर्णय गरेलत्तै आयोजित पत्रकार सम्मेलनमा लामिछानेले मिडिया सन्चालक, सम्पादक र पत्रकारकमाथि विभिन्न लान्छना लगाउने काम गरेका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्‍न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।


नागरिकता विवादमा अदालतले दोषी ठहर गरेपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो । लामिछानेको पासपोर्टको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्वार्थ बाझिने मन्त्रालयमा रवि लामिछाने गैरसांसद भए पनि जान खोजेको भन्दै विभिन्‍न मिडियाले उनीविरुद्ध लेखेका थिए ।  सोही विषय मिडियाले उठाएपछि लामिछानेले पत्रकार सम्मेलन मिडियाविरुद्ध अभिव्यक्ति दिएका थिए ।


Author

थप समाचार
x