दल

कांग्रेस संसदीय दलको बैठक अनिश्चित

इकागज |
माघ २५, २०७९ बुधबार १६:४८ बजे

काठमाडौं-  नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ ।​

समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरूको कार्यविभाजन, राष्ट्रपति निर्वाचनलगायतको विषयमा बोलाइएको बैठक अन्तिममा स्थगित गरेको हो ।


कांग्रेसका प्रमुख सचेतक रमेश लेखका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ ।​

कांग्रेस संसदीय कार्यसमितिको बैठकल २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन ।

जसका कारण नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्विरोध हुन पुगेकी थिइन् । 


Author

थप समाचार
x