दल

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न राप्रपाको माग

इकागज |
माघ २८, २०७९ शनिबार ११:२१ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानेनेद्र शाहीले शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सकलाई कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका हुन् । 

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारिको सवारिको क्रममा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्कलाई प्रहरीले कुटपिट गरेको थियो । 


प्रमुख सचेतक शाहीले उक्त घटनामा राष्ट्रपति भण्डारीले चिकित्सकसँग माफी माग्न पनि माग गरेका छन् । 

 


Author

थप समाचार
x