दल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

इकागज |
चैत १, २०७९ बुधबार ६:४० बजे

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । ​कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।


बैठकमा आसन्न उपराष्ट्रपति निर्वाचन,  चितवन र तनहुँमा हुने उपनिर्वाचन, समसमायिक राजनीतिक विषयमा छलफल हुनेछ । 


Author

थप समाचार
x