दल

नागरिक उन्मुक्ति पार्टीले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने

इकागज |
चैत २०, २०७९ सोमबार १०:२७ बजे

अध्यक्ष रन्जिता श्रेष्ठ ।

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।  सत्तारूढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । 

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र आज सोमबार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ ।


आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।


Author

थप समाचार
x