दल

लेखराज भन्छन्- प्रचण्डले चिया खाएर जान्छु भन्नुभयो, मैले स्वागत गरेँ

इकागज |
चैत २६, २०७९ आइतबार १२:४६ बजे

काठमाडौँ - नेकपा (एमाले)का सचिव लेखराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राजनीतिक विषयमा कुराकानी नभएको स्पष्ट पारेका छन् । आइतबार बिहान निवासमै पुगेका प्रचण्डलाई बिदा गरेपछि भट्टले राजनीतिक विषयमा कुराकानी नभएको बताएका हुन् ।

प्रचण्ड आफैँ फोन गरेर चिया पिएर जान्छु भनेर आएको उनले बताए । 'उहाँ यता आउँदै हुनुहुन्थ्यो । मलाई फोन गर्नुभयो र चिया खाएर जान्छु भन्नुभयो । मैले स्वागत गरेँ,' उनले भने, ' पाहुना आएपछि सम्मान गर्ने हाम्रो संस्कार हो । राजनीतिक विषयमा कुनै कुराकानी भएन ।'


आज बिहान कैलालीको अत्तरियास्थित भट्टको निवासमा पुगेका प्रचण्डले आफ्नै घरजस्तो लागे आफू भट्टको घर पुगेको बताएका थिए ।


Author

थप समाचार
x