दल

एमाले केन्द्रीय समिति बैठक जारी : बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गर्ने

इकागज |
बैशाख २९, २०८० शुक्रबार ६:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । गत २८ बैशाखदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोली अर्थात बैशाख ३० गतेसम्म जारी रहनेछ ।

हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेण्डा पेश गरेका थिए । 


केन्द्रीय प्रचार तथा प्रकाशसन विभागका सचिव गगन विष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ ।

‘आज गण्डकीबाट पद्‌मा अर्याल, बागमतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशबाट सुजिता शाक्यले आ-आफनो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन्, ‘उक्त प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिनेछ, समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’

उनका अनुसार हिजो सल्लाहकार परिषद्‌का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कडेँल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ–आफनो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 
यसैगरी मिसन ग्रास रुटका बारेमा पाँच वटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए । जसअनुसार सुदुरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ-आफनो प्रदेशको रिर्पोट प्रस्तुत गरेका थिए ।

बाँकी रहेका प्रदेश कमिटीहरूले आज आ-आफनो प्रतिवेदन पेश गर्नेछन् ।  


Author

थप समाचार
x