दल

पशुपतिको जलहरी विवादबारे छानबिन गर्न समिति गठन गर्नुपर्छ : ज्ञानेन्द्र शाही

इकागज |
जेठ १२, २०८० शुक्रबार २०:२७ बजे

फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै शाहीले आजै छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘त्यो सुन हो कि पित्तल हो भन्ने कुरा सरकारले छानबिन समिति गठन गर्नुपर्छ । र, सरकारले आजै जवाफ दिनुपर्छ । हाम्रो धारणा के हो भने समिति गठन हुनुपर्‍यो । यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तबमात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ ।’


उनले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि बताए ।

मा‌ओवादी केन्द्रका सांसदले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालेको बताएपछि एमालेले संसद् अवरुद्ध गरेको छ ।


Author

थप समाचार
x