दल

आगामी आर्थिक वर्षको बजेटमा पञ्चायतकालीन बजेटको पुनरावृत्ति भयो : सांसद गुरुङ

इकागज |
जेठ २५, २०८० बिहीबार १४:४९ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट पञ्चायतकालीन बजेटका रूपमा पुनरावृत्ति भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने जति अधिकार नदिइएको बताएका हुन् ।

उनले पञ्चायतकालमा प्रधानपञ्चलाई जति अधिकार र बजेट छुट्याइन्थ्यो अहिले पनि त्यस्तै देखिएको उल्लेख गरे । उनले बजेट पञ्चायतकालीन र बहुदलकालीन बजेटको पुनरावृत्तिका रूपमा आएको बताए । उनले स्रोत व्यवस्थापन र बजेट वितरणका हिसाबले बजेट एकात्मकतावादी रहेको जिकिर गरे ।


बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई छुन नसकेको उनको भनाइ छ ।

उनले बजेट प्रगतिशील नभएको उल्लेख गरे । प्रगतिशील कर प्रणाली पनि नभएको उनले बताए । बजेटले मुलुकमा राष्ट्रिय पुँजीको विकास गर्न नसक्ने उनकाे भनाइ छ ।


Author

थप समाचार
x