दल

महासचिव गुटेरेसले संसद्‍मा गरेको सम्बाेधन नेपालका लागि निकै राम्रो : केपी ओली

इकागज |
कात्तिक १४, २०८० मंगलबार १८:२१ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा गरेको सम्बाेधन नेपालका लागि निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद् भवनमा प्रतिक्रिया दिँदै ओलीले नेपालको शान्ति प्रक्रियादेखि जलवायु परिवर्तनलगायतका विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निकै राम्रो भएको प्रतिक्रिया दिएका हुन् । नेपालको राम्रो मूल्याङ्कन गरेको, विपन्न राष्ट्रहरूलाई सम्पन्न राष्ट्रहरूले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले विशेष प्रशंसा गरेको उनले बताए ।


अध्यक्ष ओलीले पीडितलाई न्यायका साथै सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउन सुझाव दिएको भन्दै पार्टीले समेत धन्यवाद दिने उल्लेख गरे ।


Author

थप समाचार
x