दल

देउवा भन्छन्- राष्ट्रिय सहमतिले मात्र संघीयता सफल हुन्छ

इकागज |
मंसिर २५, २०८० सोमबार २१:३३ बजे

फाइल तस्बिर

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता सफल पार्न सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन् ।

धनुषाको औरही गाउँपालिकामा सोमबार कांग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले राष्ट्रिय सहमतिले मात्र संघीयता सफल हुने बताए ।


स्वर्गीय सिंह पार्टीको सम्पत्ति भएको समेत उनले स्मरण गरे । उनको अनुपस्थितिले कांग्रेस र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको उनको भनाइ थियो ।

उक्त कार्यक्रममा सहभागी हुन देउवा नेपाली सेनाको हेलिकप्टरबाट आएका थिए ।

कार्यक्रममा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरूलाई तत्कालै प्रहरी संगठन हस्तान्तरण गरी संघीयता कार्यान्वयन गर्नु पर्ने बताए ।

उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै संघीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x