दल

सांसद पन्तको प्रश्न : नेपाली सेनाले आफ्नो लागि चाहिने गोलीगट्ठा र बारुद पनि बनाउन सक्दैन

इकागज |
पुस ४, २०८० बुधबार १७:२ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्यूनतम् गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाली सेनाले विष्फोटक पदार्थ पनि छिमेकी देशको भर पर्नुपर्ने नेपाली सेनाको अवस्था हो भन्दै प्रश्न गरेका हुन् । उनले ढुंगा फोड्न पड्काउन, अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।


उनले बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तेड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ? भन्दै प्रश्न गरे ।

सांसद पन्तले कुनै बेला युद्धका लागि तयार हुनपर्ने भए कति दिनसम्म नेपाली सेनाले थेग्छ ? भन्दै प्रश्न गरे ।


Author

थप समाचार
x