दल

वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा

इकागज |
पुस १०, २०८० मंगलबार २१:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन् ।

मंगलवार माओ दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शासन सत्ता फेरिएको भए पनि शोषण, उत्पीडनका रूपहरू पुरानै रहेको जिकिर गरे । उनले कम्युनिष्टहरू अहिले कांग्रेसीहरूको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताए ।


अध्यक्ष वैद्यले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गरे । उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरू विकराल बनेर गएको दाबी गरे ।


Author

थप समाचार
x