दल

जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

इकागज |
पुस ११, २०८० बुधबार १७:६ बजे

काठमाडौँ- राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ । 

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चा वा कुनै पनि दलीय बैठक बस्नु आपत्तिजनक रहेको बताएका छन् । 


देशको प्रधानमन्त्री बस्ने र जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेष वा मोर्चाको सम्पर्क कार्यालयजस्तो बनाउन नहुने भन्दै उनले यो विषय नैतिक आचरणको रहेको बताए ।

 


Author

थप समाचार
x