दल

गठबन्धनको सरकारले सोचेअनुरूप सफलता हात पार्न​ सकेन : मीन विश्वकर्मा

इकागज |
पुस ११, २०८० बुधबार १७:२२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनको सरकारले सोचे अनुरूप सफलता हात पार्न नसकेको बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रममा नेता विश्वकर्माले विगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोच अनुरूप काम गर्न नसकेको बताएका हुन् ।


लुम्बिनीमा बनेका उद्योग मन्त्रीका विषयमा जनताले प्रदेश सभा सदस्य जिताएर पठाउँदासम्म कसैले केही नभन्ने र कुनै कमजोरी, उजुरी नपरेको भएता पनि हाल जनताले अनुमोदन गरेर पठाएका प्रदेश सभासदस्यमाथि मन्त्री बन्नासाथ अनावश्यक आरोप नलगाई तथ्य आरोपका आधार भए कारबाहीको भागी हुने बताए । उनले तथ्य आधार नभएको अवस्थामा आवश्यक मिडियाबाजी गरी चरित्र हत्या गर्न नहुने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को एक वर्षे पूर्णपाठले मन्त्री फेरबदल गरेर भय पनि आफ्नो कार्यकाल सफल बनाउँछु भन्नू सकारात्मक सन्देश रहेको र सोचे अनुरूप काम हुन नसकेको आफैँले बताएको बेला धेरै टीकाटिप्पणी गर्नु नहुने उनले बताए ।


Author

थप समाचार
x