दल

चन्द्र भण्डारीको प्रश्न : यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

इकागज |
पुस १४, २०८० शनिबार १४:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति जनाएका  छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरू बढिरहेको बताए ।


नेता भण्डारीले भने, ‘अहिले समाजमा के भइरहेको छ ? हिजोमात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ । के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? प्रश्न यो हो । यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ ।’

नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए ।


Author

थप समाचार
x