दल

बुढाथोकीको निधनमा काँग्रेसले तीन दिन पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने, झण्डा आधा झुकाउने

इकागज |
माघ २३, २०८० मंगलबार १३:१ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज आकस्मिक बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । 

कांग्रेसले स्वर्गीय बुढाथोकीप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम निर्धारण गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले माघ २३, २४ र २५ गते (तीन दिन) सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । 


यस्तै, माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने कांग्रेस मुख्यसचिव पौडेलले जानकारी दिए । 

बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको थियो ।


Author

थप समाचार
x