दल

नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : महामन्त्री थापा

इकागज |
पुस १६, २०८० सोमबार २०:५७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको बताएका छन् ।

सोमबार कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरूको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले केही नेपाल ऐनलाई संशोधन गर्ने विषयमा विगत र अहिलेको सरकारमा भिन्नता नभएको आरोप लगाए ।


महामन्त्री थापाले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफू अनुकूलको ऐन संशोधनको लागि प्रस्तावहरू आउन थालेको बताए । उनले केही वर्षदेखि नेपाल ऐन संशोधन विकृति बढ्दै आएको भन्दै बाहिर प्रश्न उठ्दै आएको बताए ।

उनले विगतका समितिमा ऐन संशोधनको विषयमा सांसदहरूले सुन्न समेत नपाएको ऐन पास भएको भन्दै आफू त्यसको भिक्टिम भएको बताए ।


Author

थप समाचार
x