दल

जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशा पलायो : प्रवक्ता सापकोटा

इकागज |
पुस १७, २०८० मंगलबार १४:३० बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पार्टीको 'जनतासँग विशेष रुपान्तरण अभियान'ले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

उनले 'जनतासँग विशेष रुपान्तरण अभियान' हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे । उक्त अभियानले टोल कमिटीदेखि समिति गठन, पुनःगठन गरेको उनले बताए ।


उनले कार्यकर्ताहरूमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभइ माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको बताए । अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको संख्यामा वृद्धि हुँदै जान उल्लेखनिय भूमिका खेलेको सापकोटाले बताए । उनले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताए ।

‘जनतासँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । त्यो टोल कमिटीदेखि समिति गठन, पुनःगठन भएको छ । तिनीहरू सक्रिय भएका छन्, तिनीहरू चलायमान भएको छ । कार्यकर्ताहरूमा जागृति आएको छ । जनतामा आशा पलाएको छ' सापकोटाले भने 'यो अभियानले चुनावको बेलामा मात्रै होइन, माओवादी अरू बेलामा पनि आउँदा रहेछन्, आए भन्ने खालको जनतामा आशा पलाएको छ ।'

'बनेका ठाउँका संगठनहरू सक्रिय थिएनन्, तिनीहरू अहिले सक्रिय भएका छन्, सुदृढ भएका छन् । नबनेका ठाउँमा संगठन बनेको छ । पहिला छिटपुट निष्क्रिय भएर बस्ने, कतिपय सन्दर्भमा पार्टीबाट पलायन हुने जस्ता घटना भए भने अहिले पार्टीमा पलायन हुने कुराको अन्त्य भयो' सापकोटाले पत्रकार सम्मेलनमा भने 'पुराना कार्यकताहरू पनि जोडिएका छन् । अलि उल्लेखनीय संख्यामा पनि पार्टी प्रवेश कार्यक्रम भएको छ । पार्टीमा एउटा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता हामीतिर फर्किएका छन् । जनताका आलोचना र गुनासा छन् तर जनताले यिनलाई निरन्तरता दिनुपर्छ भनेर माग गरेका छन् । नविकरणको प्रक्रिया तिब्रताका साथ अघि बढेको छ ।’

प्रवक्ता सापकोटाले अभियानले सदस्यता नविकरण तिब्रताका साथ अघि बढाउन भूमिका खेलेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डल पुनःगठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको सापकोटाले बताए ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनःगठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ' सापकोटाले भने 'तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिसफल गरेर भनेपनि मन्त्रीहरूको कामलाई अघि बढाउनुपर्छ, सिंगो मन्त्रिपरिषद्को कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ ।’


Author

थप समाचार
x