दल

राष्ट्रिय सभा निर्वाचनः  सिट भागबण्डा गर्न कांग्रेस माओवादीबीच छलफल

इकागज |
पुस १७, २०८० मंगलबार १४:४९ बजे

फाइल फोटो

काठमाडौं - सत्तारुढ माओवादी केन्द्र र कांग्रेसबीच आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट भागबन्डा गर्ने विषयमा छलफल गरेका छन् । 

मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका कांग्रेसका नेता र माओवादीका नेताबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि गठबन्धन गरेर जाने विषयमा छलफल भएको हो ।


माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता रमेश लेखक सहभागी बैठकमा यसअघिको मतभार, अहिलेको अवस्थालाई आधार मानेर सिट बाँडफाँट गर्ने विषयमा छलफल भएको छ । 

यद्यपि, गठबन्धनका अन्य दलसँगको छलफलपछि मात्रै टुंगोमा पुग्ने उनीहरुको तयारी छ । राष्ट्रिय सभा सदस्य  चयनका लागि आउँदो ११ माघमा निर्वाचन हुँदै छ भने २३ पुसमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ । तर, यसअघि नै सिट भागबन्डाको टुंगो लगाउन गठबन्धनका नेताहरूले छलफल थालेका हुन् ।
 


Author

थप समाचार
x