दल

‘प्रधानमन्त्री मन्त्रिमण्डल पुनःगठनको तयारीमा हुनुहुन्छ’

इकागज |
पुस १७, २०८० मंगलबार १६:१ बजे

काठमाडौँ - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिमण्डल पुनः गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुनः गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए । उनले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताए । 


उनले भने,  ‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनःगठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ । तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा मन्त्रीहरूको कामलाई अघि बढाउनुपर्छ, सिंगो मन्त्री परिषद्को कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ ।’

प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताए । 


Author

थप समाचार
x