दल

त्रिविलाई भागबण्डामुक्त बनाउन माग गर्दै नेविसंघको सडक बहस

इकागज |
पुस १७, २०८० मंगलबार १६:५१ बजे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक भागवण्डामुक्त बनाउनुपर्ने भन्दै नेपाल विद्यार्थी संघले सडक बहस गरेको छ । 

नेविसंघले मंगलबार काठमाडौंको प्रदर्शनीमार्ग अगाडि त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त गर्न माग गर्दै सडक बहस गरेको हो । नेविसंघले त्रिविमा हुने गरेको भागबण्डाको राजनीति अन्त्य गर्न र मेरिटका आधारमा भिसी नियुक्त गर्न माग गरेको छ । 


उनीहरुले कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने जनाएका छन् । सडक बहसमा सहभागीहरुले अब त टियु सुधार गरौँ, प्रतिस्पर्धाबाट उपकुलपति, बढ्छ विश्वविद्यालयको गति , प्रधानमन्त्रीज्यू अव कुलपति बन्दिन भनेर घोषणा कहिले ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


Author

थप समाचार
x