दल

देउवाले चार सिट दिन नमानेपछि बैठक छाडेर हिँडे शेखर

इकागज |
पुस २२, २०८० आइतबार २१:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसकाे संसदीय दलकाे बैठक छाडेर डा शेखर काेइराला बाहिरिएका छन् ।

कांग्रेसले पाएकाे १० सिटमध्ये चार सिट आफूले पाउनुपर्ने अडान राखेका शेखरलाई सभापति शेरबहादुर देउवाले दिन सक्दिनँ भनेपछि शेखर बैठक छाडेर बाहिरिएका हुन् । 'चार सिट नदिए बैठकमा आउन्न भनेर शेखर बाहिरिए,' स्राेतले भन्याे ​।


राष्ट्रिय सभा उमेदवार छान्न पार्टी कार्यालय सानेपामा संसदीय बाेर्डकाे बैठक बसिरहेको छ । 

यसअघि राष्ट्रिय सभा निर्वाचनकाे उम्मेदवारका लागि कांग्रेसबाट कृष्णप्रसाद सिटौलाकाे नाममा सहमति भइसकेको छ । 


Author

थप समाचार
x