दल

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एसका दुई उम्मेदवार

इकागज |
पुस २३, २०८० सोमबार १२:११ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

बागमती प्रदेशका दलित कोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए । 


आइतबार बिहान भएको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सुम्पेको थियो । 
 


Author

थप समाचार
x