दल

नेविसंघले रोबोट्स प्रतियोगिता गर्ने

इकागज |
माघ १०, २०८० बुधबार १७:५० बजे

फाइल फोटो

काठमाडौँ - नेपाल विद्यार्थी संघले व्याटल अफ टाइटनस्–टु रोबोट्स प्रतियोगिता आयोजना गर्ने भएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको जनाएको हो । 


माघ १३, १४ र १५ काठमाडौँस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । 

प्रतियोगितामा मानव नियन्त्रित रोबोटको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा क्षमताको प्रदर्शन हुने उनले बताए । अध्यक्ष शेर्पाले सिर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’ प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान देशबाट १८ समूहले प्रतिस्पर्धा गर्ने जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुने समूहले तीन लाख ५० हजार, दोस्रो हुनेले एक लाख ५० हजार प्राप्त गर्ने नेविसंघले जनाएको छ । 


 


Author

थप समाचार
x