दल

बहुल राष्ट्रिय राज्य स्थापनाको लागि आन्दोलनको तयारी : राजेन्द्र महतो

इकागज |
माघ १०, २०८० बुधबार १८:२२ बजे

फाइल फोटो

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य स्थापनाको लागि आन्दोलनको तयारीमा रहेको बताएका छन् । 

स्वर्गीय गजेन्द्र नारायण सिंहको २२ औं पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले देशलाई एकल चलाइएको भन्दै बहुल राष्ट्रिय राज्य स्थापनाको लागि आन्दोलनको तयारीमा रहेको बताएका हुन् । 


उनले नेपाल मधेशी, जनजाति, थारू, खस आर्य सबैको देश भएको आभास हुनुपर्ने धारणा राखे । महत्तोले आफ्नो अधिकार, पहिचान, सभ्यता संस्कृतिको रक्षाका लागि उत्पीडनमा परेका सबै एकतावद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरे । 

कार्यक्रममा अन्य सहभागीहरूले स्वर्गीय नेता सिंहको सम्झना गर्दै उनको योगदानबारे चर्चा गरेका थिए ।


Author

थप समाचार
x