दल

राष्ट्रिय हितका निम्ति एमालेले सशक्त भूमिका निर्वाह गर्छः अध्यक्ष ओली

इकागज |
माघ २०, २०८० शनिबार १६:५० बजे

काठमाडौँ -  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । 

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताए । “मुलुकमा देखिएका बेथिति विरुद्ध बोल्नुपर्छ”, संसदमा  दृढताका साथ प्रस्तुत हुन  सांसदलाई निर्देशन दिँदै उनले भने । आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न  निर्देशन दिए । 


संसदमा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि खोजमुलक ढङ्गबाट प्रस्तुत हुन आग्रह गरे । “व्यवस्थित ढङ्गले संसद् तथा समितिका आगामी बैठक सञ्चालन गर्ने, समितिलाई थप क्रियाशील बनाउने र बढीभन्दा बढी छलफलमा जुट्ने, समितिका कामलाई प्रभावकारी बनाउनुपर्छ”, अध्यक्ष ओलीले भने ।  दलका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सुशासन र विकासका निम्ति डटेर लाग्नुपर्छ भन्दै उनले दलीय व्यवस्थाप्रति नकारात्मक अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताए ।  रासस


Author

थप समाचार
x