दल

सदनलाई सत्ता टिकाउने माध्यम मात्रै बनाए रास्वपाले कडा खबरदारी गर्छ : रवि लामिछाने

इकागज |
माघ २२, २०८० सोमबार १८:४८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई सत्ता टिकाउने माध्यम मात्रै बनाए रास्वपाले कडा खबरदारी गर्ने बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजीविकासम्बन्धी विधेयकहरूलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने बताएका हुन् ।


त्यस्तै उनले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखे । सरकारले जनचासोका विधेयकहरू सदनमा ल्याउन नसके रास्वापाका सांसदहरूले निजी विधेयकहरू सदनमा लैजाने उनले बताए ।

लामिछानेले सदनलाई जनउत्तरदायि बनाउन रास्वपाले प्रभावकारी भूमिका खेल्ने धारणा राखे । 


Author

थप समाचार
x