दल

पूर्वप्रधानमन्त्री ओली बिहीबार रौतहट आउँदै

इकागज |
माघ २४, २०८० बुधबार १५:५ बजे

रौतहट- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार रौतहट आउने भएका छन् । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् ।

एमालेको १० औँ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् ।


दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ । अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरूले बताएका छन् ।


Author

थप समाचार
x