दल

कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदन पेश गरिने

इकागज |
फागुन ८, २०८० मंगलबार ६:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ। 

ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेश गरिने भएको छ। 


मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।


Author

थप समाचार
x