दल

एमाले केन्द्रीय समिति बैठक आज पनि

इकागज |
फागुन ९, २०८० बुधबार ६:५८ बजे

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

हिजोदेखि सुरू भएको केन्द्रीय समितिको सातौँ बैठकमा ६ वटा एजेन्डामाथि छलफल जारी राखिएको छ ।


अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन मन्तव्य दिएको सो केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक अवस्थाबारेमा सम्बोधन गरेका हुन् ।

यसैगरी जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमायिक राजनीतिक प्रस्तावबारे छलफल हुँदैछ ।

गत फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरेअनुसार हिजोबाट केन्द्रीय समिति बैठक सुरू भएको हो ।


Author

थप समाचार
x