दल

गठबन्धनले गर्दा भोट हाल्दा हात काँप्यो : गच्छदार

इकागज |
फागुन ९, २०८० बुधबार १२:१२ बजे

फाइल तस्बिर

ललितपुर- नेपाली कांग्रेस मोरङका महासमिति सदस्यीय दिलिप गच्छदारले गठबन्धनका कारण कांग्रेसीहरूले हात काँपेर अरू चिन्हमा भोट हाल्नु परेको बताएका छन् । 

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बोल्दै उनले गठबन्धन अहिलेको बाध्यता भएपनि यसले पार्टीको हित नगर्ने बताएका छन् । गठबन्धनका कारण धेरै साथीहरू अवसरबाट वञ्चित भएको उनले बताए । 


'गठबन्धन धेरै समयका लागि राम्रो नभएकाले यसमा पार्टी नेतृत्वले विचार गर्नुपर्छ' उनले भने ।

कांग्रेसमा एउटै व्यक्तिले पटकपटक अवसर पाएको उनले बताए । 'एउटै मान्छेले हार्दा पनि जित्दा पनि टिकट पाउने यो प्रथालाई अन्त्य गर्नुपर्छ, त्यो ठाउँमा अरूलाई पनि अवसर दिनुपर्छ' उनले भने।


Author

थप समाचार
x