दल

११ बुँदे निष्कर्षसहित सकियो कांग्रेस महासमिति बैठक

इकागज |
फागुन १०, २०८० बिहीबार १९:३२ बजे

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक ११ बुँदे निष्कर्ष निकाल्दै सकिएको छ ।

फागुन ७ गतेदेखि सुरु भएर आज (बिहीबार) सम्पन्न भएको महासमिति बैठकले नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन गर्ने निष्कर्ष निकालेको हो ।


बैठकले वर्तमान सरकारमार्फत भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध वैधानिक रूपले सुशासन र राष्ट्रिय सदाचारको पद्धति सुरुवात गर्न सम्पूर्ण रूपले दृढ संकल्पित रहने अठोट गरेको छ भने अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलुकमा विद्यमान सबैखाले विभेद र हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ ।

शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुङ्ग्याउने प्रतिबद्धता जाहेर गरेको छ । समापन समारोहमा कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यस्तो छ ११ बुँदे निष्कर्ष:


Author

थप समाचार
x