दल

कोइराला पक्षले गर्‍यो नेविसंघको पहिलो केन्द्रीय समिति बैठक बहिष्कार

इकागज |
फागुन १५, २०८० मंगलबार १९:२२ बजे

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसेकोमा संस्थापनइतर समूहले बहिष्कार गरेको छ ।

दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ तदर्थ समितिले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा पहिलो बैठक नै विवादमा परेको हो ।


कांग्रेस संस्थापनइतर समूहनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन् । नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेविसंघले केन्द्रीय समिति बैठक बहिष्कार गरे ।

उनीहरूले सभापति शेरबहादुर देउवाले मंगलबार बिहान भेटेर विवाद समाधान गरेर मात्रै बैठक गर्न पहल गरिदिन आग्रह गरेका थिए । 

उनीहरूको आग्रहपछि देउवाले अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर बैठक गर्न निर्देशन दिएका थिए ।

सभापति देउवानिकट नेविसंघले केन्द्रीय समिति बैठक सुरु गराएको हो । बैठक उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख अतिथि रहेका छन् ।


Author

थप समाचार
x