दल

सत्ता गठबन्धन फेरबदल अनपेक्षित : कांग्रेस

इकागज |
फागुन २१, २०८० सोमबार १४:९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल कांग्रेसले सत्ता गठबन्धन फेरबदल अनपेक्षित भएको निष्कर्ष निकालेको छ ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सहज रूपमा सरकार चलिरहँदा प्रधानमन्त्रीबाट भएको सत्ता गठबन्धन फेरबदलको घटना अनपेक्षित भएको निष्कर्ष निकालेको हो । यस विषयमा मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।


उनले निर्वाचनमा कसैको बहुमत नआएको अवस्थामा सहकार्यको राजनीति पर्याप्त रूपमा विकसित हुन नसकेकाले यस्तो घटना घट्ने गरेको बताए । गठबन्धनलाई चलाउने सन्दर्भमा परिपक्वता नदेखिएको उनको भनाइ छ ।

शर्माले मन्त्रीहरूबाट असहयोग गरेको प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा कांग्रेसलाई जानकारी नभएको बताए । प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका बारेमा पनि केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गर्ने उनले बताए । 


Author

थप समाचार
x