दल

एमालेले सरकारमा शीर्ष नेतृत्व पठाएन, यी मन्त्री बन्दै

इकागज |
फागुन २३, २०८० बुधबार १४:३६ बजे

फाइल फोटो

काठमाडौं - नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शीर्ष नेतृत्व नपठाउने भएको छ ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन । 


जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । स्रोतका अनुसार यसअघि सपथ लिएर बिना विभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई मन्त्रीमा सिफारिस गरिएको छ । 

हालसम्म महासेठको बाहेक एमालेका अन्य नेताको कुन मन्त्रालय पाउने हो भन्ने ठोस निर्णय गरिसकिएको छैन् । छलफल जारी छ । 


Author

थप समाचार
x